गोरखा ७, साउन । गोरखा जिल्लामा संक्रिय संक्रमितको संख्या ५४ पुगेको छ । केही समय अघि घटेको संक्रमण फेरि बढ्दै गएको हो । जिल्लामा बुधबार ४ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १–१ महिला र पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पछिल्लो २ हप्ता गोरखामा कोरोना संक्रमितको संख्यामा कमी आएको भएता पनि कोरोना संग मिल्दो जुल्दो लक्ष्यण भएका बिरामीहरु गाउँगाउँमा देखिन थालेको छ । निषेधाज्ञा खुकुलो हुनु र मानिसको चलहपहल बढे संगै गाउँगाउँमा त्यस्ता लक्ष्यण भएका बिरामीहरुको संख्यामा बृद्वि हुन थालेको छ । तर कुनै पनि पालिकाले सर्व साधारणको स्वास्थ्य परिक्षणमा ध्यान दिएका छैनन ।
पछिल्लो समय सिराचोकमा पनि त्यस्तै लक्ष्यण भएका बिरामीहरुको संख्यामा उल्लेखीय मात्रामा बढेको भन्दै बुधबार ४८ जना महिला र ४७ जना पुरुषका स्वाब संकलन गरेर प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाएको स्वास्थ्य शाखाले जनाएको छ ।