गुल्मी ६, असोज । पहिरो घर पुिरदाँ एकै परिवारका ३ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
गएराती परेको भीषण बर्षाका कारण घर माथिबाट खसेको पहिरोले उनिहरु सुतिरेहको कोठामा खसेको उहाँको भनाई छ । मृतक तिनै जनाको शव पहिरोबाट निकालेर गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । परियारको घरमा रहेका अन्य परिवार भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । फोटो फाइल