गोरखा ६, असोज । गोरखा आँबु खैरेनी सडक खण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिका वडा नम्बर ११ बिरेन्चोकमा आज बिहान यात्रुबाहक बस दुर्घटना परेको छ ।
आँबुखैरेनीबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको ना ३ ख ८०९० नम्बरको बस दुर्घटनामा परि ३ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय गोरखा प्रहरी हवल्दार टिका शर्माले जानकारी दिनुभयो ।
घाइतेहरुको अबस्था सामान्य रहेको उहाँको भनाई छ । एक्कासी बाटो काट्न लागेकी एक महिलालाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ । बस सडकको पोलमा ठोक्किएर रोकिएका कारण ठूलो दुर्घटना टरेको हो ।