Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा साँझ खाना खाएर सुतेका एक पुरुष बिहान मृत भेटिए


9.1K
Shares

गोरखामा साँझ खाना खाएर सुतेका एक पुरुष बिहान मृत भेटिए

गोरखा ५ असोज । गोरखा सदरमुकाम राती खाना खाएर सुतेका एक पुरुष बिहान मृतावस्थामा भेटिएका छन् । गोरखा नगरपालिका ७ को बतासेको पौवा खेत भन्ने स्थानमा स्थानिय चन्द्रबहादु बिक मृत्त अवस्थामा फेला परेका हुन् ।
साँझ खाना खाएर घरमा सुतेको उनी बिहान अवेर सम्म पनि नउठे पछि परिवारका एक सदस्यले उठाउन जादाँ मृत्त अवस्थामा फेला परेको प्रहरीलाई खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो।

६० बर्षका बिक सोमबार साँझ खाना खाएर कोठामा सुत्न गएको र मंगलबार बिहान अबेरसम्म पनि नउठे पछि परिवारका एक सदस्यले उनलाई उठाउन जादाँ मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी टोली घटना स्थल पुगेको र घटनाको बिवरण संकलन गर्ने काम भई रहेको प्रहरीले जनाएको छ ।
मृत्तक बिकको शव पोष्टमार्टका लागी गोरखा अस्पताल ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology