Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा २७ जनाको एन्टिजेन गर्दा ७ जनामा कोरोना पुष्टी


2.6K
Shares

गोरखामा २७ जनाको एन्टिजेन गर्दा ७ जनामा कोरोना पुष्टी

गोरखा ५, असोज । गोरखामा २७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टी भएको छ । सोमबार गोरखा नगरपालिका र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

सोमबार गोरखा नगरपालिकामा ३ जना महिला र ५ जना पुरुषमा परिक्षण गर्दा १ जना महिला र ३ जना पुरुषमा र गोरखा अस्पतालमा ८ जना महिला र ७ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी अजिरकोटमा १–१ जना महिला र पुरुषमा गरिएको परिक्षणमा कोही पनि पोजेटिन नदेखिएको कार्यालयले जनाएको छ ।

सोमबार साँझ सम्म जिल्लाको ७ स्थानिय तहमा ४२ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ । जिल्लाको भिमसेन थापा, अजिरकोट, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिका भने संक्रमितको संख्या शून्य रहेका छन् । हाल सम्म जिल्लामा कोरोना संक्रमित मध्ये ६ हजार ४८७ जनाले कोरोना जित्न सफल भएका छन् भने ५९ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology