Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आगोले जलेकी महिलाको उपचार गर्न आर्थिक अभाव


3.8K
Shares

गोरखामा आगोले जलेकी महिलाको उपचार गर्न आर्थिक अभाव

गोरखा ५, असोज । उत्तरी गोरखाको रुन्चेतमा भएको आगलागीमा परी घाईते भएकी महिलाले उपचार नपाउदा समस्यामा पर्नुभएको छ । धार्चे गाउँपालिका २ को रुन्चेतमा असोज १ गते राती गोठमा आगलागी हुदा गर्बी गुरुङ गंभिर घाईते हुनुभएको थियो।

असोज १ गते गोठमा सुत्ने क्रममा रातको समयमा अचानक आगलाी भएपछि गोठमा रहेको १३ वटा बाख्रा पनि आगोमा जलेर मरेका थिए । ४५ वर्षकी गर्वी गुरुङको आर्थिक अवस्थामा अत्यन्तै नाजुक भएका कारण उहाँको परिवारले सदरमुकाम सम्म ल्याएर उपचार गराउन नसकेको एक स्थानियले बताए ।

तर यो बिषयमा गाउँपालिकामा जानकारी गराउदा पनि पालिकाले वास्ता नगरेको पिडीत परिवारले गुनासो गरेका छन् ।गोठमा सुतिरहेका बेला अचानक भएको आगलागीबाट शरीरभरी अनुहार र शरिरको विभिन्न भागमा पोलेको थियो ।

सडक सञ्जालले नजोडिएकाले उत्त स्थानबाट पिडितलाई उपचार गराउन हेलिकप्टर मार्फत लैजानु पर्ने र परिवारको आर्थिक अवस्थामा कमेजोर भएकै कारण हेलीकप्टर चार्टर गर्न नसकिएको पिडित परिवारजनले जानकारी दिए । आगलागी भएको थाहा पाए लगत्तै छिमेकी गोठमा बास बसेका मानिसहरुले उनको उद्धार गरेको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology