Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा रातो प्लेटका सवारीले यात्रु बोक्ने नछोडेपछि ट्याक्सी व्यवसायीले थाले बिरोध


7.9K
Shares

गोरखामा रातो प्लेटका सवारीले यात्रु बोक्ने नछोडेपछि ट्याक्सी व्यवसायीले थाले बिरोध

गोरखा ४, असोज ।  मनकामना यातायात सेवा प्रालीले नीजि प्रयोजनका लिइएका रातो प्लेटका सवारी साधानले यात्रु ओसारपोसार गर्ने गरेको भन्दै बिरोध सुरु गरेको छ । प्रा.लिमा आबद्ध व्यवासायी र चालकहरुले रातो नम्बर प्लेटका सवारी साधानले समेत भाडामा यात्रु बोक्ने क्रम नरोकिएको भन्दै बिरोध स्वरुप आफ्ना सवारी साधानमा ‘रातो प्लेट भाडाको गाडी होईन, यात्रु बोक्न पाईँदैन, प्रयोजन बिपरित यात्रु बोक्नेलाई कारवाही गर, भन्ने पत्र टाँसेर बिरोध गरेका हुन् ।

आफुहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रसासन कार्यालयलाई यस बारेमा पटक पटक जानकारी गराएको भएपनि सुनुवाई नभएको प्रालिका अध्यक्ष सुरेन लामिछाने बताउनुभयो । ‘हामीले सवै सम्बन्धित निकायमा जानकारी गराएका छौ, उहाँले भन्नुभयो, तैपनि हाम्रो माग सुनुवाई नभएपछि पहिलो चरणमा रचनात्मक आन्दोलनको थालनी गरेका हौ ।’ अध्यक्ष लामिछानेले लामो समय कोरोना संक्रमणका कारण ट्याक्सी व्यवसायीहरु मारमा परको भन्दै बल्लबल्ल यातायात सुचारु भएपनि प्रयोजन बिपरित नीजि सवारी साधानले भाडामा यात्रु बोक्दा आफुहरुको व्यवसाय धरासायी बनेको बताउनुभयो ।

गोरखा सदरमुकाम स्थित घ्याम्पेशाल चोक, बसपार्क त्यस्तै बाह«किलो क्षेत्र लगायतका स्थानबाट रातो प्लेटका सवारी साधनले खुलमखुल्ला प्रयोजन बिपरित यात्रु बोक्ने गरेका छन् । यातायात ब्यबस्था कार्यालय कास्कीले रुट जारी भएका सवारी साधनले कानुनी प्रक्रिया पुरा गरेर कालो प्लेट मात्र भाडामा चल्न पाउने र रातो प्लेट नपाउने बताउँदै सुचना जारी गरेको छ । ट्याक्सी व्यवसायीहरुले आफुहरुको माग पुरा नभए थप संर्घषमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology