गोरखा ३ असोज । गोरखाको आरुघाट गाउँपालिकामा २५ जना स्क्रव टाईफसका बिरामी फेला परेका छन् । बिरामी भएको लामो समयसम्म पनि ज्वरो निको नभएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रब टाईफसको किटमात्र परिक्षण गर्दा उनिहरुमा स्क्रब टाइफस पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठले जानकारी दिनुभयो।
साउन महिनाको पहिलो सातादेखि अहिलेसम्म स्क्रब टाईफसका २५ जना बिरामी पहिचान भएको श्रेष्ठको भनाई छ ।
लामो समयसम्म पनि ज्वरो निको नभएपछि स्क्रब टाईफसको किट ल्याएर परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको तर अहिले सबै बिरामी ति बिरामीहरु सामान्य बन्दै गएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामीहरु बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या देखिएका बिरामीहरुमा स्क्रब टाईफसको किट प्रयोग गरि परिक्षण भई रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । स्क्रब टाईफसका बिरामीमा पनि कोरोनाकै जस्तो लक्ष्ण देखिने भन्दै केन्द्रले सबै सर्व साधारणहरुलाई सजह भएर परिक्षण गराउन आग्रह पनि गरेको छ ।
स्क्रब टाईफस हुदा आँखा रातो हुने, धेरै ज्वरो आउने, पेट दुख्ने, खोकी लाग्नुका साथै बान्ता पनि हुने र पखाला लागेर श्वासप्रश्वासमा पनि समस्या देखिने गर्दछ । यस्ता बिरामीहरुमा जोर्नी दुख्नुका साथै मासंपेशीमा दुखाई बढ्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यो रोग सानो प्रकारको किर्नाको टोकाईबाट मानिसमा सर्ने रोग भएकोले किर्नाले टोकेको स्थानमा दाग समेत देखिने गर्दछ ।