Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा १६ बर्षकी बालिकाले चलाइन् संसद :१४ बर्षकी बालिका प्रधानमन्त्री बनेर दिईन जबाफ


9.8K
Shares

गोरखामा १६ बर्षकी बालिकाले चलाइन् संसद :१४ बर्षकी बालिका प्रधानमन्त्री बनेर दिईन जबाफ

गोरखा २ असोज । गोरखा नगरपालिकाको बालबालिकाको क्षमता बिकासका लागि बाल संसद अभ्यास गराएको छ । गोरखा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा एकछिनका लागि प्रधानमन्त्री, सभामुख, मन्त्रिहरु, प्रमुख प्रतिपक्ष दलको नेता चयन गरि बालबालिकहरुलाई संसदको अभ्यास गराइएको शाखाका प्रमुख बिजयभक्त उपाध्यायले जानकारी दिनुभयो । २५ जनाको सहभागिता रहेको बाल संसद अभ्यासमा गोरखा नगर बालसञ्जालकी १६ बर्षिय प्रकृति दुवाडीले सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो भने १४ बर्षिय अप्रिसा श्रेष्ठले संसदमा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै बालसञ्जालकी श्रेया श्रेष्ठले मन्त्रि, प्रिन्सा श्रेष्ठले संसद सचिवालयको महासचिव, बालिका दुर्गा श्रेष्ठले बिपक्षी दलको नेताको भूमिका निर्वाह गरेको थिए । बालसंसदको बैठकमा सांसदको भूमिका रहेका बालबालिकाहरुले बैठकमा नगरपालिका क्षेत्र भित्र कच्चीबाटो खनेर किन कालो पत्रे नगरेको भनेर सरकार माथि प्रश्न उठाएका थिए । बालसंसद अभ्यासमा सांसदहरुको उठाएको प्रश्नमा मन्त्रिको भूमिकामा रहेका बालबालिकाहरुले जवाफ दिएका थिए ।

संसदिय व्यवस्थाका बारेमा बालबालिकाहरुलाई पनि जानकारी गराउनका लागि बाल संसद अभ्यास गराइएको हो, शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, ‘यसबाट संसद कसरी सञ्चालन हुन्छ भनेर बालबालिकाले सिक्ने मौका पाउछन् भन्ने उद्देस्यले कार्यक्रम गरिएको हो । ’ करिब सवा १ घण्टासम्म बाल संसद अभ्यास चलेको उहाँले बताउनुभयो । ‘यो अभ्यासले संसद कसरी चल्दो रहेछ, संसदमा को–को हुदो रहेछ, सांसदहरुको भूमिका के हुदो रहेछ भन्ने बारेमा पनि बुझ्ने मौका पाए, प्रमुख उपाध्यायले भन्नुभयो, नगरपालिकाले पहिलो पटक बालबालिकाहरुलाई यस्तो खालको अभ्यास गराएको हो ।’

यसै गरि आजै गोरखा नगरस्तरी बालभेला समेत सम्पन्न भएको छ । भेला २६ सदस्सीय समिति चयन गरिएको छनोट भएका सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने उहाँले बताउनुभयो । त्यस्तै सञ्जालको किशोरीहरुको भेलाले आजै नगरस्तरीय किशोरी सञ्जाल समेत गठन गरेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । गोरखा नगपालिका भित्र गठित बालसञ्जालले बालबालिकाका लागि नगरपालिकासंग बजेट माग गर्ने, बालबालिकाहरुका लागि योजना निर्माण गर्ने लगायतका काम समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology