काठमाण्डौ २ असोज । प्रहरीले चार लाख ७४ हजार रुपैया सहित २० जना जुवाडेलाई गएराती पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, जोरपाटी चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
प्रहरीले उनिहरुको साथबाट क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४, २० बुक तास, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक २८ वटा र कौडा १०० थान समेत बरामद गरेको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।