Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनकामना मन्दिर परिषरमा हेल्थडेक्स सञ्चालन


8.9K
Shares

गोरखाको मनकामना मन्दिर परिषरमा हेल्थडेक्स सञ्चालन

गोरखा, १ असोज  :  नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखाको मनकामना मन्दिर परिषरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । करिब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसंगै कोरोना संक्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिषरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
हेल्थडेक्सबाट नियमित रुपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिषरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक रुपमा स्वास्थ्य परीक्षण गरिदै आएको उहाँले बताउनुभयो । ‘टाढाटाढाबाट आउने भक्तजनहरुसंग पुजारी सुरक्षाकर्मी र कर्मचारीहरु नियमित सम्र्पकमा रहने हुदा कोरोनाको जोखिम बढी हुन्छ, प्रमुख श्रेष्ठले भन्नुभयो, त्यसकारण उहाँहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने गरेका छौ ।’

त्यस्तै मन्दिरमा आउने भक्तजनहरुको स्वास्थ्यमा समस्या देखिएमा समेत तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था हेल्थडेक्सबाट गरिएको उहाँले जानकारी दिनुभयो । ‘बाहिर जिल्लाहरुबाट समेत भक्तजनहरु मन्दिरमा पुजाआजा गर्न आउन सुरु भएको छ, उहाँले भन्नुभयो, कोरोना संक्रमणको जोखिम अझै पनि उच्च रहेकाले मन्दिरमा आउने भक्तजनहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने, मास्क नलगाई आउने भक्तजनहरुलाई मास्क लगाउन लगाउने काम पनि हेल्थ डेक्सबाट गरिदै आएको छ ।’

मास्क नलगाई आउने भक्तजनहरुलाई गाउँपालिकाले मन्दिर परिषर् भित्रै निशुल्क मास्क समेत उपलब्ध गराउने गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । ‘दैनिक रुपमा हेल्थडेक्समा एक जना स्वास्थ्यकर्मी नियमित रुपमा रहने व्यवस्था गाउँपालिकाले मिलाएको छ, उहाँले भन्नुभयो, हेल्थडेक्सबाट ज्वरो नाप्ने, रुघाखोकीको समस्या भएमा तत्काल अन्य भक्तजनबाट छुट्टै राखेर उपचारका गर्छौ ।’
तेस्रो लहरको कोरोना संक्रमणको जोखिम बढिरहेका बेला मन्दिर व्यवस्थापन समितिले संक्रमणबाट सुरक्षित रहनका लागि मन्दिर परिषरमा आउने भक्तजनहरुलाई मन्दिर भौतिक दुरी कायम गर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्ने सचेत गराउदै आएको छ ।

गएको बैशाख २३ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर यही भदौं २३ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
मन्दिरमा पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री पुजारीलाई दिएर पुजाआजा गर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले मिलाएको छ । मन्दिरमा भाकल बुझाउन आउने भक्तजनहरुका लागि बली दिने स्थानमा समेत छुट्टै पुजारीको ब्यवस्था मिलाइको मन्दिरका मुलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । मन्दिर खुल्ला गरिएसंगै दैनिक सयौ भक्तजनहरु मनकामना मन्दिरको दर्शन र पुजाआजाका लागि पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology