Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोठलाई ठक्कर दिदै बुल्दीखोलामा ट्रक खस्यो : दुई वटा गाई सहित चालकको च्यापिएर मृत्यु


3.1K
Shares

गोठलाई ठक्कर दिदै बुल्दीखोलामा ट्रक खस्यो : दुई वटा गाई सहित चालकको च्यापिएर मृत्यु

तनहुँ १ असोज । गएराती बुल्दीखोलामा ट्रक दुर्घटनामा हुँदा ट्रक चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यासनगरपालिका–१ मुसेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पृथ्वीराजमार्ग अन्र्तगत पर्ने बुल्दीखोलामा खस्दा ट्रकले च्याँपिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुने चालकको नामथर खुल्न नसकेको जिल्ला प्रहरीले जनाएको छ । सडकबाट तल मृतकको शव दमौली अस्पतालमा राखिएको छ । अन्दाजी २२ देखि २५ बर्षका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

मृतकको साथमा पहिचान खुल्ने कुनै पनि कागजात नभएकोले पहिचान गर्न गाह्रो भएकोले पहिचानको लागि प्रयास भैरहेको उहाँले बताउनुभयो । ट्रकले गोठमा ठक्कर दिदै खोलामा खसेकोले गोठमा रहेका दुई वटा गाईको समेत मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology