धनगढी ३१, साउन । हजुरआमाको ज्यान लिएको आरोपमा प्रहरीले नातीलाई पक्राउ गरेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ६ घर भएकी रिठीदेवी जप्रेलको हत्याको आरोपमा उहाँकी नाति २१ बर्षिय सुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
यही भदौं २७ गतेदेखि बेपत्ता हुनुभएकी रिठीदेवीको शव गाडीएको अबस्थामा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले सुवासलाई नियन्त्रणमा लिएको हो ।
फरार अबस्था रहेका सुवासलाई विहिबार पक्राउ गरिएको प्रहरीको भनाई छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।