Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रि बिरुद्ध अपहरणको मुद्धा : कसुर ठहरे के हुन्छ हेर्नुहोस् !


2.1K
Shares

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रि बिरुद्ध अपहरणको मुद्धा : कसुर ठहरे के हुन्छ हेर्नुहोस् !

बुटवल ३० भदौ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रि शंकर पोखरेल बिरुद्ध अपहरणको मुद्दा जाहेरी परेको छ । सांसद विमला खत्री वलीले पोखरेल बिरुद्द अपहरण तथा शरीर बन्धक कसूरमा सोमबार जाहेरी दिनुभएको हो । सांसद वलीले निवर्तमान मुख्यमन्त्रि पोखरेल सहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिनुभएको हो ।

अपहरणको जाहेरी दिन सांसद वली सहित नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक तुलाराम धर्ती इलाका प्रहरी कार्यालय बुटवल पुुग्नु भएको थियो । कार्यालयमा परेको उजुरी आज दाङ पठाइएको प्रमुख डीएसपी मदन कुँवरले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ ।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology