Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ४३ बर्षका पुरुषको शव मस्याङ्दी नदी किनारामा भेटियो


3.5K
Shares

गोरखाका ४३ बर्षका पुरुषको शव मस्याङ्दी नदी किनारामा भेटियो

गोरखा २९ भदौं । गोरखाका एक पुरुष आज मनाङमा मृतावस्थामा भेटिएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ घर भएका ४३ बर्षका क्षेत्रबहादुर गुरुङ मृतावस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुरुङको शव मनाङको निस्याङ गाउँपालिका वडा नम्बर ४को स्थित मस्याङदी नदीको किनारमा फेला परेको हो ।

निस्याङ गाउँपािलकाकै सब्जे भन्ने ठाँउमा स्याउ फर्ममा काम गर्द आएका गुरुङको शव दिउँसो फेला परेको प्रहरीको भनाई छ । शव घोप्टो परेको अबस्थामा भेटिएको हो । गुरुङ यही भदौं २६ गतेदेखि हराएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology