Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

एक शिक्षकको आज विभत्स हत्या


2.8K
Shares

एक शिक्षकको आज विभत्स हत्या

सुर्खेत २९, भदौं । एक शिक्षकको बिभत्स हत्या भएको अबस्थामा शव फेला परेको छ । दैलेखको गुराँस गाउँपालिका– ८ मा आज शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

रक्ताम्य अवस्थामा शव भेटिएकाले उहाँको हत्या नै भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाई छ । मृतक विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो ।

शव भेटिएको स्थानमा प्रहरीको टोली पुगेर अनुसन्धान प्रक्रिया अघि बढाईसकेको डिएसपी श्रेष्ठले बताउनुभयो । घटनाको थप जानकारी प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology