बैतडी २९, भर्दौ । गुडिरहेको यात्रुबहाक बस माथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ स्थित झौलेक नजिक गएराति करिब २ः३० बजेको समयमा बस माथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेर बझाङको थलारा गाउँपालिका वडा नम्बर ५ घर भएका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । ढुंगाले लागेर अन्य ३ यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिका ११ का ४० वर्षीय हरिप्रसाद जोशी‚ ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट घाइते भएको उहाँले बताउनुभयो । फाइल फोटो