Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बिभिन्न मुद्दामा भाग्दै आएका १८ अभियुत्त पक्राउ (को-को परे पक्राउ हेर्नुहोस !)


4.3K
Shares

गोरखामा बिभिन्न मुद्दामा भाग्दै आएका १८ अभियुत्त पक्राउ (को-को परे पक्राउ हेर्नुहोस !)

गोरखा २९ भदौं । गोरखामा विभिन्न अपराधमा सजाय तोकिएका १८ अभियुत्तलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् । गोरखा जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका विभिन्न मुद्वाका १८ अभियुत्तलाई पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

अदालतबाट कैद र जरिवाना भएका अभियुत्तहरु आफ्नै घरमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अदालत बुझाएको र अदालतबाट जरिवाना असुल गरेर छाडीएको गोरखा प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये बैकिङ कसुरमा पक्राउ परेका लोकबहादुर भट्ट, सरकारी कागज किर्तेमा पक्राउ परेका अनिल तिवारी, लागु औषध मुद्वामा पक्राउ परेका नारायण योगी र रविन खत्रीलाई भने अदालतले कैद भूक्तानकालागी गोरखा कारागार चलान गरेको सूचना अधिकारी दाहालले बताउनुभयो ।

पक्राउ परेकाबाट १ बर्ष ५ महिना कैद भूक्तान हुन बाँकी रहेको र ७ लाख ३५ हजार ३८३ रुपैयाँ असुल उपर गरिएको गोरखा जिल्ला अदालतका तहशिलदार अमृत मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology