Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिहानै बस र र ट्रक ठोक्किएर दुर्घटनाग्रस्त : ३ जनाको मृत्यु, २४ घाइते


5.4K
Shares

बिहानै बस र र ट्रक ठोक्किएर दुर्घटनाग्रस्त : ३ जनाको मृत्यु, २४ घाइते

चितवन २९ भदौ । बस र ट्रक ठोक्किएर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । महेन्द्र राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटस्थित थुम्सीमा दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका थिए ।

घाइतेमध्ये ३ जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलिप गिरीले जानकारी दिनुभयो । घाइतेमध्ये पनि ३ जनाको गम्भीर रहेको उहाँले बताउनुभयो ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । थुम्सीको डाइभर्सनमा गाडी ठोक्किको प्रहरीले जनाएको छ ।फाईल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology