Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गयो


8.9K
Shares

गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गयो

गोरखा २६, भदौ । गोरखाको छापथोकमा भिरबाट लडेर १ जना बृद्वको ज्यान गएको छ । गोरखा नगरपालिका १ को छापथोक निवासी ७८ बर्षिय डुण्डीप्रसाद भट्टको ज्यान गएको हो ।

शनिबार साँझ ६ बजे झिगटे तर्फ निस्किएका भट्ट रातै भरी पनि नआए पछि उनको परिवार र स्थानियले आज खोजतलास गर्दा छापथोककै कालोमोडो भन्ने खोल्सीमा मृत्त अवस्थामा फेला परेको थियो ।

गोरखा–आरुघाट खडकको छापथोकबाट १ किलोमिटर तल भट्टको मृत्त शरिर फेला परेको स्थानिय नारायण भट्टले जानकारी दिनुभयो । झिगटेबाट फर्कने क्रममा बाटो बिराएर अर्को बाटो गएको र भिरबाट लडेरको जस्तो अवस्थामा शव फेला परेको भट्टको भनाइ छ।

शव फेला परे लगत्तै गोरखा प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको अर्का एक स्थानियले जानकारी दिनुभयो ।

आफन्त र स्थानियल खोजी गर्दा भट्टको शव आइतबार बिहान ११ः३० बजे मात्र फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology