संखुवासभा, २६ भदौं । भीरबाट लडेर एक युवकको ज्यान गएको छ । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ सम्माटारमा शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा खाँदबारी नगरपालिका६ का २४ वर्षीय श्याम विश्वकर्मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बिश्वकर्मा जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको सहचालकको रुपमा काम गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
वि.कको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।