गोरखा, २६ भदौ । गोरखामा एमसिसिका बिरुद्ध बिरोध प्रर्दशन भएको छ । नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको बिरोध प्रर्दशनमा युवा तथा बिधार्थीहरुले जिल्लाको पालुड्टार नगरपालिकाको बजार क्षेत्रमा शुक्रबार बिरोध प्रर्दशन गरेका हुन् ।
प्रर्दशनमा सहभागी युवा तथा बिधार्थीहरुले एमसिसिका बिरुद्ध कडा नारा समेत लगाएका छन् । एमसिसि नेपालको हित बिपरित भएको भन्दै कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने सहभागीहरुले माग गरेका छन् ।
उनिहरुले एमसिसि राष्ट्घाती कदम भएकाले तत्काल अस्विकार गर्नुपर्ने बताएका छन् । बिरोधमा सहभागीहरुले एमसिसीमा गरिएका सम्झौता बुँदाहरु समेत जलाएका थिए ।