Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एन्टिजेन गरिएका मध्ये झण्डै ५० प्रतिसतमा आज कोरोना पुष्टी


2.7K
Shares

गोरखामा एन्टिजेन गरिएका मध्ये झण्डै ५० प्रतिसतमा आज कोरोना पुष्टी

गोरखा २५, भदौं । गोरखा जिल्लामा आज एन्टिेजन परीक्षण गरिएका मध्ये झण्डै ५० प्रतिसतमा कोरोना पुष्टी भएको छ । जिल्लाको गोरखा अस्पताल, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकामा कोरोना परीक्षण गरिएका २३ जना मध्ये ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार विभिन्न स्थानिय तहमा ११ जना महिला र १२ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणको क्रममा ३ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको छ । संक्रमण देखिएकाहरुमा गोरखा अस्पतालमा १ जना पुरुष, पालुङटार नगरपालिकामा २ जना महिला र १ जना पुरुष तथा धार्चे गाउँपालिकामा १ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।

आज थप ११ जनामा संक्रमण देखिए संगै गोरखामा सक्रिय संक्रमितको संख्या बढेर ६२ जना पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology