Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस पार्टी कार्यालयमा गोरखामा मुस्लिम संघको धर्ना


4K
Shares

काग्रेस पार्टी कार्यालयमा गोरखामा मुस्लिम संघको धर्ना

गोरखा २५, भदौं । नेपाली काग्रेस गोरखाको पार्टी कार्यालय तिनधारेमा नेपाल मस्लिम संघले आज धर्ना दिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले जिल्ला पार्टी कार्यालयमा धर्ना दिएको हो ।

सबै जाति, क्षेत्र, पिछडिएको वर्ग, लिंग, अल्पसंख्यकहरुको प्रतिनिधि गर्ने विधान हुँदाहुँदै पनि निर्देशिका निर्माण गर्दा जनसंख्यालाई अधार बनाए मुस्लिम लगायत पिछडिएको वर्गको १४ औं महाधिवेशनको आन्तरिक निर्वाचनमा प्रतिनिधित्व कटौती गर्ने काम भएको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्ला मियाँले जानकारी दिनुभयो ।

सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै दबाब स्वरुप धर्ना बसेको उहाँले बताउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै शुक्रबार बिहान १० बजेबाट दुई घण्टा संघले पार्टी कार्यालयमा धर्ना दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology