ललितपुर २४, भदौं । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल सरकारका उपसचिवलाई नै पक्राउ गरेको छ । पिडितले दिएको उजुरीका आधारमा ललितपुर धोवी घाट बस्ने ४५ बर्षका उपसचिवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पिडतले गएको तीनचार बर्षदेखि बाबुले आफुलाई बलात्कार गर्दै आएको उजुरी दिएकी छिन् । पक्राउ परेका ति उपसचिव माथि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।