गोरखा २४, भदौं । जिल्ला प्रहरी कार्यालय गोरखाले गएको करिब दुई महिनाको अबधीमा ७ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । गोरखा प्रहरीले लागु औषध नियन्त्रण अभियान अन्तरगत जिल्लाको विभिन्न स्थानमा ५२ दिनमाप्राकृतिक रुपमा उम्रिएका ७ हजार २९० बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।
जिल्ला भित्रको २० स्थानमा प्रहरी पचिालन गरी गाँजा नष्ट गर्ने काम सम्पन्न गरिएको भन्दै उहाँले गाँजा फडानीको कामलाई अझै निरञ्तरता दिई रहने बताउनुभयो । यो आर्थिक बर्षको साउन देखी भाद्र महिना सम्म सबै भन्दा बढी पालुङटार नगरपालिकामा १ हजार ८०० बोट र बारपाक सुलिकोट गाउँपालिकामा १ हजार बोट नष्ट गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला भित्रको गाँजा नष्ट गर्न मातहातका सबै प्रहरी युनिटहरुलाई परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरी चौकी ताङलीचोक, मनकमना र बारपाक, जिल्ला प्रहरी कार्यालय गोरखा, प्रहरी चौकी मझुवा देउराली, चोरकाटे, घ्याम्पेशाल, ईलाका प्रहरी कार्यालय ताकुकोट, अस्थायी प्रहरी पोष्ट आरुचनौटे, प्रहरी चौकी बालुवा, सौरापानी, रातमाटे लगायत अन्य प्रहरी यूनिटहरु समेत परिचालन गरिएको थियो ।