Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जनयुद्धका महान सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औं स्मृती दिवस मनाइदै


5K
Shares

गोरखामा जनयुद्धका महान सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औं स्मृती दिवस मनाइदै

दिपक श्रेष्ठ

गोरखा–२३, भदौ । दशबर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी)का बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश बाग्ले ‘बासु’ र नेता भिमसेन पोखरेल ‘बैरागी’ को २२ औ स्मृती दिवस आज गोरखामा मनाइएदैछ ।
सहिद सुरेस वाग्ले स्मृती प्रतिष्ठानको आयोजनामा वाग्लेको जन्मथलो  पालुङटार नगरपालिकाको वडा नम्बर २ आपँपिपल, नेकपा माओबादी केन्द्र गोरखाको आयोजनामा जिल्ला पार्टी कार्यालय पाटेचौर लगायत जिल्लाका बिभिन्न पार्टी कमिटिहरुको आयोजना बासु स्मृति दिवस मनाइदैछ ।

जिल्ला पार्टीको आयोजनामा भएका स्मृतीसभालाई सम्बोधन गर्नुहदै नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण धिताल (बिजय) ले सहिदहरुले देखाएको बलिदानको बाटोलाई कहिल्यै नभुल्ने बताउनुभयो । उहाँले १० बर्षे जनयुद्धको  जगमा नेपालमा जनबादी क्रान्ति पूरा भएको भन्दै देश समाजबादी क्रान्तिको दिशामा अघि बढेको उल्लेख गर्नुृभयो ।

“सहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिकेर अघि बढ्नुपर्ने बेला आएको छ, उहाँले भन्नुभयो, “अब देश सामाजिक क्रान्तिको दिशामा अघि बढेकाले समाजबादको दिशामा हिड्न सकेमात्र उहाँहरुको सपना साकार हुनेछ ।”  स्मृतिसभालाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्रका गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष लेखबहादुर थापाले सहिद सुरेश वाग्ले (बासु) को लगायतका जनयुद्धका महान सहिदहरुको बलिदानमा देशमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता प्राप्त भएको बताउनुभयो ।

उहाँले सहिदको बलिदानीको जगमा टेकेरे नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ शसक्त बनाएर लैजानु पर्ने अहिले आबश्यकत भएको भन्दै त्यसबाट मात्र सहिदहरु प्रति सच्चा सम्मान हुने बताउनुभयो । अध्यक्ष थापाले सहिद सुरेश वाग्ले ‘बासु’ र भिमसेन पोखरेल ‘बैरागी’ ले देखाउनु भएको क्रान्तिको बाटोमा अबिचलित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुृभयो । गोरखा सदरमुकाममा भएको कार्यक्रम पार्टीका नगर कमिटिका अध्यक्ष एवम जिल्ला पार्टी सचिवालय सदस्य कृष्ण रानामगरले सञ्चालन गर्नुभएको थियो

बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिला रहनु भएका बेला गाँखु गा.वि.समा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । २०४७ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माआबोदीले जनयुद्धको थालनी गरेसंगै भूमिगत हुनुभएको थियो ।

१७ बर्षसम्म शिक्षण सेवामा बिताउनु भएका नेता वाग्ले पार्टी भित्र बैचारिक, सांगठनिक र दृढ संकल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो । गोरखाको आपँपिपल गां.वि.सको रातडाँडा भन्ने ठाउँमा बि.स २०१० साल भाद्र २४ गते जन्मिनु भएका नेता वाग्ले सानै देखि बिद्रोही स्वभावको हुनुहन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology