Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाका कारण बन्द भएको गोरखाको मनकामना मन्दिर चार महिनापछि खुल्यो


1.9K
Shares

कोरोनाका कारण बन्द भएको गोरखाको मनकामना मन्दिर चार महिनापछि खुल्यो

गोरखा २३, भदौं : नेपालको प्रसिद्ध धार्मिक गन्तव्य रुपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब ४ पछि आजदेखि खुलेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण गएको बैशाख २३ गतेदेखि पुजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनहरुका लागि पुजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापा मगरले जानकारी दिनुभयो ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरि सर्वसाधारणका लागि समेत पुजाआजाका गर्न मन्दिर खोल्ने निर्णय गरेसंगै आजदेखि मन्दिर सर्वसाधारणहरुका लागि खुल्ला उहाँले बताउनुभयो । ‘आज बिहान नियमित रुपमा गरिने नृत्यपुजा गरेर सर्वसाधारणहरुलाई पनि पुजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भन्नुभयो,‘ पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री पुजारीलाई दिने गरी ब्यवस्था मिलाएको छ ।’

मन्दिरमा भाकल बुझाउन आउने भक्तजनहरुका लागि बली दिने स्थानमा समेत छुट्टै पुजारीको ब्यवस्था मिलाइको उहाँले बताउनुभयो । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौ भक्तजनहरु पुजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिनुभयो । मन्दिरमा पुग्ने भक्तजनहरुले अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका व्यवस्था समेत गरिएको उहाँको भनाई छ ।

यता मन्दिर परिषरमा पुग्ने भक्तजनको स्वास्थ्य अबस्थामा मध्यनजर गरि मन्दिर परिषरमै हेल्थ डेक्स समेत स्थापना गर्ने तयारी गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो । यसै बिच कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा चिनिने गोरखा दरबार स्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology