Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा हातमुख धुन गएका एक व्यक्ति त्रिशुली नदीले बगाएर बेपत्ता


4.2K
Shares

गोरखामा हातमुख धुन गएका एक व्यक्ति त्रिशुली नदीले बगाएर बेपत्ता

गोरखा २२, भदौं । गोरखामा हातमुख धुन नदीमा गएका एक व्यक्तिलाई आज त्रिशुली नदीले बगाएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित सिउरेनीटारका ६५ बर्षिय भक्तबहादुर माझीलाई घर नजिकै रहेको त्रिशुली नदीले बगाउदा बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घरबाट घाँट काट्न निस्कीएका माझीले त्रिशुली नदी किनारमा घाँस काटेर फर्कने क्रममा हात मुख धुने क्रममा त्रिशुली नदीले बगाएको हुन सक्ने गोरखा प्रहरीले जनाएको छ ।

माझी घाँस काट्न गएको लामो समय सम्म पनि घर नफर्कीए पछि उनका परिवारले स्थानिय प्रहरीलाई खबर गरेको र सोमबार घाँस काट्न गएको स्थानमा गई स्थानिय संग बुझदा माझीलाई त्रिशुली नदीले बगाएको र उद्वार गर्न नसकिएको स्थानिय मिठु तामाङले जानकारी दिनुभयो । बेपत्ता भनिएका माझीको त्रिशुली नदी किनारामा लाइटर, सुर्ती, चप्पल र हसियाँ पाईएको घ्यालचोक प्रहरीले जानकारी दिएको छ । बेपत्ता माझीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology