Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा लायन्स आँखा सेवा केन्द्रबाट करिब २ लाखले आँखा जाँच गराए


4.1K
Shares

गोरखा लायन्स आँखा सेवा केन्द्रबाट करिब २ लाखले आँखा जाँच गराए

गोरखा २२, भदौं । गोरखा लायन्स आँखा सेवा केन्द्रबाट स्थापना भएदेखि अहिलेसम्ममा करिब २ लाख सर्वसाधारणले सेवा लिएका छन् ।
गोरखा नगरपालिका ६ को गोरखा अस्पताल परिषरमा रहेको आँखा सेवा केन्द्रबाट हाल सम्म १ लाख ९१ हजार २५६ जनाले आँखा जाँच गराएको अध्यक्ष योङकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्थापना भएको १३ बर्षको यो अवधीमा करिब २ लाख मानिसले आँखा जाँच गराएको भन्दै उहाँले सोही अवधीमा करिब ८ हजार मानिसको आँखाको अप्रेशन समेत गरिएको जानकारी दिनुभयो । २०६१ सालमा लायन्स क्लबले स्थापना गरेका आँखा सेवा केन्द्रले हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा हालसम्म ७ हजार ८८९ जनाको आँखाको सफल शल्यक्रिया सम्पन्न गरिसकेको छ ।

आँखाको सामान्य रोगले पनि जिल्ला बाहिर जानु पर्ने बाध्यताबाट यहाँ नागरिकहरुले मुक्ति पाएको सेवा केन्द्रले जनाएको छ । सेवा केन्द्रका अनुसार सामान्य शल्यक्रिया देखी मोतियाँ बिन्दुको शल्यक्रिया सेवा केन्द्रमा नै हुदै आएको छ । प्रत्येक महिनाको १९ गते बिरामी जाँच, २० गते शल्य क्रिया र २१ गते पट्टी खोल्ने काम भई रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

क्लबमा आँखा जाँचका लागी जिल्ला भित्रको कुनै स्थानबाट माग भएमा त्यस्ता स्थानमा आँखा शिविर पनि सञ्चालन गर्दै आएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology