Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुई लाख रुपैया घुस सहित वडासदस्य पक्राउ


3.1K
Shares

दुई लाख रुपैया घुस सहित वडासदस्य पक्राउ

काठमाण्डौं २१, भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैया घुस सहित वडा सदस्यलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाका १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई घुस सहित अख्तियारले पक्राउ गरेको हो ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology