Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गएराती घरमा सुतिरहेका एकै परिवारका ६ जनाको हत्या


3.8K
Shares

गएराती घरमा सुतिरहेका एकै परिवारका ६ जनाको हत्या

संखुवासभा २१ भदौ । गएराती एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको हो । स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिनुभयो ।

आज विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहार बाट स्थानिय ५८ वर्षिय तेजबहादुरकी आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिय र नातिनी गोमा कार्की ५ वर्षिय मृत अवस्थामा भेटिएका स्थानीय शिक्षक योगेन्द्र ओझाले बताउनुभयो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी घटना स्थल मादी पुगेको छ । घटनाको थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology