Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मानवसेवा आश्रमको भवन निर्माण तिव्र : २० प्रतिसत काम सकिदा सवा करोड बढी खर्च


2.9K
Shares

गोरखामा मानवसेवा आश्रमको भवन निर्माण तिव्र : २० प्रतिसत काम सकिदा सवा करोड बढी खर्च

गोरखा २१, भदौं । गोरखा सदरमुकाममा निर्माण भईरहेको मानव सेवा आश्रमको भवन २० प्रतिशत सम्पन्न भएको छ । गोरखा नगरपालिका ८ मा निर्माण भईरहेको उत्त भवन २० प्रतिशत काम सम्पन्न भएको भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले जानकारी दिनुभयो ।  गण्डकी प्रदेश सरकार र गोरखाको विभिन्न पालिका तथा सामाजिक ब्यतित्वहरुको सहयोगमा भवन निर्माण भईरहेको आश्रमकी मुना मानव सेवाले बताउनुभयो ।संयोजक मास्केका अनुसार अहिले ग्राउण्ड फ्रोल्रको ढलानको काम सकेर पहिलो तलाको काम भई रहेको र भवन निर्माणका लागी आर्थिक अभाव हुन थालेको छ ।

भवन निर्माणमा अहिलेसम्म १ करोड १५ लाख भन्दा बढी खर्च भईसकेको मास्केले जानकारी दिनुभयो। ४० कोठा सहितको उत्त भवनको लागी ६ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।  गण्डकी प्रदेश सरकारको ५० लाख, गोरखा नगरपालिकाको २० लाख र सिरानचोक र बारपाक सुलिकोटले १–१ आर्थिक सहयोग उपलब्ध गराएको आश्रमले जनाएको छ ।

आश्रमले भवन निर्माणका लागी सहयोग गर्न चाहनेहरुले आश्रममा सम्र्पक राखी सहयोग गर्न सक्ने पनि जनाएको छ । “अहिलेसम्म केही दाताहरुले हामीलाई रकम उपलब्ध गराउनु भएको छ, तर त्यो प्रयाप्त छैन, आश्रमकी संयोजक मुना लामाले भन्नुभयो, “त्यसैले सबैले सबै क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको छ ।’

भवन निर्माण समितिले ब्यत्ति वा संस्थाको नामाकरण गर्ने गरी कोठा निर्माण गर्न चाहेको खण्डमा ५ लाख ११ हजार १०० रुपैयाँ उपलब्ध गराएको खण्डमा भवन भित्रको कुनै पनि कोठाको नाम दाताको नामबाट नामाकरण गरिने जनाएको छ ।  आश्रमको भवन निर्माणका लागी गोरखा नगरपालिकाले भोगचलन गर्ने अधिकार सहित आश्रमको लागी ११ रोपनी १३ आना ३ पैसा ३ दामको जग्गा उपलब्ध गराएको हो ।

गोरखा आश्रमलाई देशै भरको बालगोपाल अर्थात बालबालिका राख्ने केन्द्रमा रुपमा बिकास गरिएको छ । आश्रममा अहिले पनि गोरखा, मकवानपुर, काठमाण्डौं, कास्की, सप्तरी, कैलाली र भारतका गरी ४३ जना बालगोपालहरुले आश्रय लिदै आएका छन् ।

त्यस मध्ये ४२ जनाले अध्ययन गर्न थालेको छ । ४२ जना मध्ये पनि ४ जनाले सदरमुकामको महेन्द्र ज्योति माविमा अध्ययन गर्दै आएका छन् भने ३८ जनाले मनकामना बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन् । १ जना बालगोपाल भने कम उमेरको रहेको आश्रमले जनाएको छ ।
सामुदायिक स्कुलमा अध्ययन गर्नेहरु सबै कक्षा ७ भन्दा माथिका भएको आश्रमले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology