Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ४ पालिकामा कोरोना शुन्य : कुन-कुन पालिकामा छैन कोरोना (यो हेर्नुहोस)


6.1K
Shares

गोरखाका ४ पालिकामा कोरोना शुन्य : कुन-कुन पालिकामा छैन कोरोना (यो हेर्नुहोस)

गोरखा २१, भदौं । गोरखा जिल्ला भित्र पछिल्लो सातादेखि कोरोना संक्रमण क्रमश घट्न थालेको छ । सोमबार बिहानसम्म जिल्लाको ४ पालिका कोरोना शून्य पालिका भित्र परेका छन् । चुमनुब्री, बारपाक सुलिकोट, गण्डकी र शहिद लखन गाउँपालिका कोरोना संक्रमित शून्य पालिका भित्र रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गएको शनिबार जिल्लाको कुनै पनि पालिकामा कोरोना संक्रमित फेला परेनन् । आइतबार भने गोरखा अस्पताल र गोरखा नगरपालिकामा ४ जना कोरोना संक्रमित फेला पर्दा जिल्लामा जम्मा ६८ जना मात्र सक्रिय संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ । आइतबार संक्रमण देखिएका मध्ये एन्टिजेन परिक्षण काक्रममा गोरखा अस्पतालमा २ जना महिला र १ जना पुरुष तथा गोरखा नगरपालिकामा १ जना महिलामा संक्रमण देखिएको थियो ।

अहिले जिल्लाको ७ पालिकामा १ जना देखी २९ जना सम्म सक्रिय संक्रमित रहेको भएता पनि यो संख्या केही दिनभित्रै शून्यमा झर्ने कार्यालयले दावी गरेको छ । आइतबार साँझ सम्म सिरानचोक गाउँपालिकामा १ जना मात्र सक्रिय संक्रमित छ भने आरुघाट गाउँपालिकामा २९ जना रहेको पनि कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology