झापा २० भदौं । झापाको कमल गाउँपालिका वडा नम्बर १ मा नेपाली काग्रेसको वडा अघिबेशनका क्रममा सभापतिका पदका उमेद्वारलाई लागि खसेको दुई भोट मतगणना स्थलबाटै हराएको छ । स्थानीय नरेन्द्र जनता माध्यामिक बिधालयमा आज भएको काग्रेसको १४ औ अधिबेशनको निर्वाचनका क्रममा वडासभापति पदका लागि कुल ११६ मत खसेको भएपनि गणना गर्दा ११४ मत मात्र पुगेपछि मतगणनास्थलबाट २ भोट हराएको पुष्टी भएको निर्वाचन अधिकृत बेधनिधी चापगाँइले जानकारी दिनुभयो ।
‘सवै साथीहरु, सुरक्षाकर्मी लगायतको रहोबरमा मतपेटिका खोलेर एक पटक सवै काउन्ट गर्यौ त्यतिबेला ११६ मत नै थियो, उहाँले भन्नुभयो, ‘पछि ५०/५० को थुप्रो लगाएर काउन्ट गर्दा २ मत पुगेन ।’ निर्वाचन अधिकृत चापागाँइले मत कसरी हरायो भन्ने बारेमा आफु पनि अनबिज्ञ रहेको बताउनुभयो । ‘कित अर्कै कुनै बाकसमा हालेको हुनुपर्छ, उहाँले भन्नुभयो, कित कसैले गोजीमा हालेर गएको हुनुपर्छ ।’ निर्वाचन अधिकृत चापागाँइले अब के गर्ने भन्ने बारेमा छलफल भइरहेको बताउनुभयो ।
‘निर्वाचन स्थगित गर्ने या के गर्ने भन्ने निर्णय भइसकेको छैन, उहाँले भन्नुभयो, सुरुको मुचुल्का तयार गर्दा ११६ नै खसेको प्रमाणित भएकाले आजलाई स्थगित गरेर फेरि मतदान गराउनुपर्ने हुनसक्छ ।’ हराएको बाहेक गणना भएको ११४ मतमा २ मत बदर भएको छ भने वडासभापतिका उमेद्वार फडिन्द्र भण्डारीको पक्षमा १०५ मत र अर्का उमेद्ध्वार भीष्मराज सुवेदीको पक्षमा १०७ मत खसेको छ ।
हराएको दुई मत नै हारजीतका लागि निर्णाय बनेपछि भण्डारी पक्षले निर्वाचनलाई स्थगित गरेर फेरि अर्को मतदान गर्नुपर्ने बताएको छ । भण्डारी पक्षले मुचुल्का भइसकेको दुई मत हराउनु नियोजित षडयन्त्र भएको भन्दै यसलाई स्विकार गरेर जान नसक्ने जनाएको छ । वडासभापति र खसआर्य बाहेक क्षेत्रिय प्रतिनिधिहरुको उमेद्वार मत भने गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत चापगाँइको भनाई छ ।