Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाले यसरी दियो नगरभित्र बिधालय खोल्ने अनुमती 


6.7K
Shares

गोरखा नगरपालिकाले यसरी दियो नगरभित्र बिधालय खोल्ने अनुमती 

गोरखा, २० भदौ । गोरखा नगरपालिका भित्र रहेको बिद्यालयहरु भाद्र २८ गतेदेखी सञ्चालन गर्न पालिकाले अनुमती दिएको छ ।
आइतबार नगरपालिकामा बसेको नगर शिक्षा समितिको बैठकले आगामी सोमबारदेखि बिद्यालय सञ्चालन गर्न अनुमती दिएको हो ।

बैठकले हाल सञ्चालनमा रहेको बैकल्पिक सिकाइ सहजीकरण क्रियाकलालाई निरन्तरता
दिदै आउदो सोमबार देखी २५० जनासम्म बिद्यार्थीभएका बिद्यालय तथा शिक्षालयहरुले बिद्यालयमा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्वेश्य र क्रियाकलापहरु तोकिए बमोजिमको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सञ्चालनको अनुमती दिएको हो ।

२५० जना भन्दा बढी बिद्यार्थीहरु भएका बिद्यालय तथा शिक्षालयहरुले भने बिद्यालय ब्यवस्थापन वा सञ्चालक समितिबाट कार्यविधी स्विकृत गराई एक पटकमा ४ घण्टाको समयावधी नघट्ने गरी बिद्यालय तथा शिक्षालयमा भौतिक उपथितिमा पाठ्यक्रमले निर्दिष्ट गरेका उद्वेश्य र क्रियाकलापहरु गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न भनेको छ ।

गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र खड्काका अनुसार गोरखा नगरपालिका भित्र ४९ सामुदायिक बिद्यालय र १८ निजी बिद्यालयहरु छन् । त्यसमा करिब १६ हजार बिद्यार्थीहरु अध्ययनरत रहेको खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology