Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भीमसेन थापा गाउँपालिकामा भोलिदेखि बिधालय सञ्चालन हुने


4K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिकामा भोलिदेखि बिधालय सञ्चालन हुने

गोरखा २०, भदौं । गोरखाको भीसमेन थापा गाउँपालिका भित्र भोलि (सोमबार) देखि बिधालय सञ्चालन गरिने भएको छ । कोरोना संक्रमणको कारण लामोसमय बन्द हुदै आएको बिधालय सोमबारदेखि सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो । गाउँकार्यपालिकाको आज बसेको बैठकले बन्द भएको बिधालय भौतिक उपस्थितीमा सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बिधालय सञ्चालनका लागि सवै बिधालयका शिक्षक कर्मचारी तथा बिधार्थीहरुले तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा मापदण्डको अनिबार्य पालना गर्नुपर्ने, बिधालय हाता भित्रै मास्क सेनिटाइजर र सावुन पानीको व्यवस्था हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बिधालय सञ्चालनमा आएपछि बिधालयहरुले शिक्षण गतिबिधिको बारेमा पालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा जानकारी गराउने पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology