गोरखा २०, भदौं । गोरखा जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ३ जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेको छ । पार्टी बिभाजन भएसंगै निर्वाचन आयोगमा पार्टी रोज्न दिएको समय सिमा सकिनै लाग्दा एमालेका ३ जनाले एकिकृत समाजबार्टी पार्टी रोजेका हुन् ।
सनानत गर्नेहरुमा गोरखा नगरपालिका ८ की वडासदस्य कल्पना नेपाली र वडाध्यक्षहरुमा आरुघाट गाउँपालिका ३ का शिखर बराम र ५ का नारायणध्वज खड्का रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । तिनै जनाले आफै कार्यायलमा उपस्थित भएर सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर अधिकारीले जानकारी दिनुभयो ।
नेकपा (एकिकृत समाजबादी)का जिल्ला अध्यक्ष यादवबहादुर बस्नेतका अनुसार २२ गते सम्म पालिकाका पदाधिकारीहरु आएर सनाखत गर्ने तयारी भई रहेको जानकारी दिनुभयो । पार्टी अलग भए संगै गोरखामा एकिकृत समाजबादीले नेकपा एमालेका कार्यकर्र्ता तथा स्थानिय चुनवामा निर्वाचित पदाधिकारीहरुलाई आफुतिर तान्ने कामलाई गरिरहेका छन् ।