गोरखा, १८ भदौ। कोरोनाका कारण लामो समयदेखी बन्द मनकामना केबलकार आउदो पर्सि आइतबारदेखी सञ्चालनमा आउने भएको छ ।
कोभिड–१९ का कारणले बन्द भएको केबलकार आउदो आइतबार अर्थात भाद्र २० गते देखी नियमीत सञ्चालनमा आउने सञ्चालक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो । देशैभर कोरोना संक्रमण कम भएको भन्दै ‘यात्रुहरुको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर केबलकार सञ्चालनमा ल्याउने सञ्चालक श्रेष्ठले बताउनुभयो ।
बिहीबार मात्रै पनि प्रसिद्व धार्मिक तिर्थसथल मनकामना मन्दिर खोल्ने बिषयमा जिल्ला कोभिड ब्यवस्थापन समितिले निर्णय गरे लगत्तै मनकामना दर्शन प्रालिले यात्रुहरुको सहजताका लागी केबलकार सञ्चालनमा ल्याउन लागेको हो ।
यसअघि पनि केबलकार प्रशासनले नेपाल सरकारले तोकेको सुरक्षाको सबै मापदण्ड पुरा गराएर मात्र केबलकार सञ्चालनमा ल्याएको थियो । कोरोनाको दोस्रो लहर संगै केबलकार गएको बैशाख १६ गते देखी बन्द छ । केबलकारले बार्षिक १६ लाख भन्दा बढी तिर्थ यात्राीलाई ओसार पसार गर्दै आएको छ ।
लामो समय बन्द हुदा करोडौ रुपैयाँ नोक्सानी भएको केबलकारका स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो ।