गोरखा १८, भदौ । गोरखा आबुखैरेनी सडक खण्डको ठाउँ- ठाउँमा पहिरो खसेको छ । केहिदिन देखी परेको अबिरल बर्षाका कारण २४ किलो मिटर सडक खण्डको ठाँउ ठाँउमा पहिरो खसेको हो । पहिरोको कारण १२ किलो क्षेत्रमा सडक माथीबाट रुख खसेर सडक अबरुद भएको छ । सडक माथीबाट रुख खसेको बिधुतको हाइटेन्सन लाइन समेतमा क्षती पुर्याएको छ ।