Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन गण्डकी संयोजकमा गोरखाका बद्री गर्तौला (अबिरल) चयन


7.1K
Shares

स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन गण्डकी संयोजकमा गोरखाका बद्री गर्तौला (अबिरल) चयन

गोरखा १८ भदौ । अनेरास्ववियू (क्रान्तिकारी)स्वास्थ्य बिज्ञान बिभागको भर्चुवल माध्यमबाट सम्पन्न प्रथम बैठकले बिभाग अध्यक्ष दुर्लभ शाहिको संयोजकमा ५१ सदस्य केन्द्रिय कमिटि गठन गरेको छ । स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने बिश्वबिधालयहरु,प्रतिष्ठानहरु , CTEVT र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय , सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र जारी गरिएको हो ।

जसमा गण्डकी प्रदेशमा बद्री गर्तौला (अबिरल ) संयोजकत्व रहने गरि पाँच सदस्सीय कार्यकारी समिति गठन गरिएको जनाइएको छ। जसमा डा . हरि बिक्रम बोहोरा , डा. सन्देश पौडेल ,दुर्गा महतरा, पुजा भेजेल, सदस्य रहने गरि जिम्मेवारी संगठनले जनाएको छ।

संगठनको केन्द्रिय अध्यक्ष रन्जित तामाङ्गको प्रमुख आथित्यतामा सम्पन्न बैठकले सम्पूर्ण स्वास्थ्य बिज्ञान अध्ययानरत बिद्यार्थीहरु माझ कक्षा कोठासम्म पुगी बिद्यार्थीहरुको समस्याहरु अध्यन र हल गर्न संगठनको अपरिहार्यता महसुस भएको हुदादेशभरि स्वास्थ्यका सम्पूर्ण संकायमा अध्ययनरत बहुसंख्यक बिद्यार्थीहरु अटाउन सक्ने गरि साझा संगठनको नाम “STUDENT’S ASSOCIATION OF HEALTH SCIENCES – NEPAL “ नेपालीमा “स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन- नेपाल ” र बोलीचालीमा छोटकरिमा SAHS (सास) राख्ने निर्णय गरेको प्रदेश संयोजक गर्तौलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology