Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा घट्यो कोरोना संक्रमण दर : आज ५ जनामा मात्र संक्रमण


2.2K
Shares

गोरखामा घट्यो कोरोना संक्रमण दर : आज ५ जनामा मात्र संक्रमण

गोरखा १७ भदौ । गोरखामा आज ३ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ५ जनामा संक्रमण पुष्टी भएको छ ।

जिल्लाको आरुघाट, भिमसेन थापा र अजिरकोट गाउँपालिकामा गरी बिहीबार ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आज संक्रमण देखिएका मध्ये ३ जना महिला र २ जना पुरुष रहेका छन् ।संक्रमण देखिएका मध्ये आरुघाट र भिमसेन थापा गाउँपालिकामा १–१ जना महिला र पुरुष र अजिरकोटमा १ जना महिला रहेका छन् ।

आज १८ जना महिला र १३ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जनाएको छ । यो सहित गोरखामा बिहीबार सम्म ११७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology