Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनकामना मन्दिर खोल्न प्रसासनले यस्तो गर्यो प्रस्ताव


3.9K
Shares

गोरखाको मनकामना मन्दिर खोल्न प्रसासनले यस्तो गर्यो प्रस्ताव

गोरखा १७, भदौ । देशकै प्रसिद्व धार्मिक तिर्थ स्थलको रुपमा परिचित गोरखाको मनकामना मन्दिर खोल्ने बिषयमा प्रशासन लचिलो भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले मनकामना क्षेत्र बिकास समितिले मन्दिर सञ्चालनको कार्य योजना बनाएर पेश गरेको खण्डमा आवश्यक निर्णय लिने भन्दै प्रशासन लचिलो भएको हो ।

बैठकको ४ नम्बर निर्णयमा ‘मनकामना मन्दिरको पूजा ब्यवस्थापन गर्ने सम्वबन्धमा शहिदलखन गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष तथा सदस्यहरु, मनकामना क्षेत्र बिकास समितिका पदाधिकारी एवै वडाअध्यक्षले तोकेका अन्य ब्यक्ति सम्मिलित समिति गठन गरी सो समितिले एक हप्ताभित्र कोभिड–१९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन हुने गरी मन्दिरमा पूजाआजा संचालनको योजना बनाई जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र सो को आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय गर्ने’ निर्णय गरेको छ ।

कोरोना महामारी पछि मनकामना मन्दिर गएको बैशाख ९ गते देखी बन्द छ । दैनिक रुपमा ५ हजार भन्दा बढी दर्शनार्थी आउने मनकामना मन्दिर बन्द हुदा त्यस वरपर सञ्चालित करिब २०० होटल अहिले पूण रुपमा बन्द भएका छन् ।
होटल बन्दहुदा जिविका चलाउन र घर धनीलाई भाडा तिर्न समस्या हुन थालेको र केहीले ब्यवसाय नै परिवर्तन समेत गरेको होटल ब्यवसायी एवं स्थानिय दिनेश जोशीको भनाइ छ । अब पनि मन्दिर र केबलकार सञ्चालनमा ल्याउन सकिएन भने सबै ब्यवसायी टाट पल्टने अवस्था आएको जोशीले बताउनुभयो ।

मनकामना मन्दिर जानकै लागि भनेर सञ्चालित मनकामना केबलकार पनि गएको बैशाख १६ गते बन्द छ । केबलकारले बार्षिक १६ लाख भन्दा बढी यात्रुलाई मनकामना ओहार दोहर गराउने गर्दछ । यती ठुलो संख्यामा यात्रु ओसार पसार गराउने केबलकार बन्द हुदा करोडौं रुपैयाँ घाटा भएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology