Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा जिल्लामा एक हप्तामा २६८ जनाले कोरोना जिते


1.7K
Shares

गोरखा जिल्लामा एक हप्तामा २६८ जनाले कोरोना जिते

गोरखा १४, साउन । गोरखामा साता दिनमा नै २६७ जनाले कोरोना जित्न सफल भएका छन् । गएको आइतबार ४३७ जना सक्रिय संक्रमित रहेकोमा घटेर १६९ जना मा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आइतबार जिल्लाको ३ स्थानिय तहमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परिक्षणमा ३ जना एन्टिजेन परिक्षणका क्रममा ५ जनामा संक्रमण देखिएको हो ।

कार्यालयले आइतबार उपलब्ध गराएको रेकर्ड अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयबाट १३ जना महिला र ८ जना पुरुषको पीसीआर नतिजा प्राप्त हुदा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी जिल्लाको विभिन्न स्थानिय तहमा ३० जना महिला र ३१ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा गोरखा अस्पताल र अजिरकोट गाउँपालिकामा २–२ जना महिला र धार्चे गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

कार्यालयका अनुसार चुमनुब्री र शहिद लखन गाउँपालिकामा दिनमा कुनै पनि संक्रमित छैनन् । त्यस्तै गरी गण्डकी गाउँपालिकामा १ जना, सिरानचोकमा २ जना, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा ७/७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै गरी धार्चेमा १३ जना, पालुङटार नगरपालिकामा १७ जना, भिमसेन थापा गाउँपालिकामा ३० जना, गोरखा नगरपालिकामा ४४ जना र आरुघाट गाउँपालिकामा ४७ जना सक्रिय संक्रमत रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology