Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाघको छालासहित तीनजना पक्राउ


2.6K
Shares

बाघको छालासहित तीनजना पक्राउ

तनँहु १३ भदौं । बाघको छालासहित तीनजनालाई प्रहरीले पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

व्यास नगरपालिका–६ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनु भएको छ ।

बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले जानकारी दिनु भयो । उनीहरुले प्रयोग गरेको दुईवटा पल्सर मोटरसाइकल, एउटा डियो स्कुटर, तीनवटा मोबाइल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ । ‘थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएका छौँ’, उहाँले भन्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology