Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

अन्दाजी ३६ बर्षका पुरुषको शव बेवारिसे अवस्थामा भेटियो


3.4K
Shares

अन्दाजी ३६ बर्षका पुरुषको शव बेवारिसे अवस्थामा भेटियो

तनँहु १२, भदौं । अन्दाजी ३६ बर्षका एक बेवारिसे अवस्थामा पुरुषको शव भेटिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिर नजिकै बेवारिसे शव फेला परेको हो। अन्दाजी ३५ ३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ । “मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology