गोरखा १२, भदौं । गोरखा जिल्लामा करिब ११ दिन लामो कडा प्रकारको निषेधाज्ञा आज बिहानदेखि खुकुलो पारीदै छ । साउन महिनामा दैनिक जसो संक्रमितहरुको संख्या १०० को हाराहारी कट्न थालेपछि जिल्ला कोभिड ब्यवस्थापन समितिले भाद्र २ गतेदेखि ११ गते अर्थात शुक्रबार राती १२:०० बजे सम्मका लागी कडा प्रकारको निषेधाज्ञा जारी गरेको हो ।
कडा प्रकारको निषेधाज्ञा गएराती १२:०० बजे सकिएपछि नयाँ खालको निषेधाज्ञा लागू भएको हो । आज बिहानदेखि पुनः साउन महिनामा जस्तै निषेधाज्ञा हुने भएकाले ठुला शहरमा मानिसहरुको आउजाउ हुन थाल्नेछ भने सार्वजनिक सवारी र निजी सवारीलाई समेत चल्न छुट दिईएको छ ।
चर्को राजनैतिक दवाव र ब्यवसायीक संगठनहरुको बिरोधका कारण पनि केन्द्र आजदेखी निषेधाज्ञामा खुकुलो पना ल्याएको हो ।
भोलीदेखी हुने खुकुलो निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाईदैन यो हेर्नुहोस ।

