गोरखा १२, भदौं । गोरखा नगरपालिकाले आउदो आइतबार अर्थात भाद्र १३ गतेदेखि सबै प्रकारको सेवा सुचारु गर्ने भएको छ ।
नगरपालिका भित्रका कर्मचारीहरुका कोरोना संक्रमण फैलिन थालेपछि साउन २५ गतेदेखि बन्द भएको सबै सेवाहरु सुचारु गर्न लागेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै गोरखा नगरपालिकाबाट बन्द गरिएको सेवा र सुविधा मिति २०७८–५–१३ गते आइतबारदेखी सूचारु हुने जनाएको छ । कार्यालयले अब वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुमा पालना गरी सवै वडा र कार्यालयबाट सेवा सुचारु हुने जनाएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा नेपालमा हाल फैलिरहेको कोभिड १९ को नयाँ भेरियन्टको कोरोना भाइरसको कारण यस नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरु संक्रमित भई सेवा प्रवाह बन्द गर्दै आएको थियो । डिसिएमसीको मिति यही भदौ १० गते बसेको बैठकको निर्णयानुसार यस कार्यालय र वडा कार्यालयबाट प्रदान गरिदै आएको सेवाहरु आइतबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरी सेवा प्रवाह सुचारु हुने जानकारी गराएको छ ।
नगरपालिकाको कार्यालय लामो समयसम्म बन्द हुदा नगरबासीहरुले घरको नक्सा पास देखी नगरपालिका तथा वडाबाट लिनुपर्ने अन्य सेवाहरु अबरुद्व भएको थियो ।