Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा दिउँसै पार्किङ गरिराखेको मोटरसाइकल जलाउने युवक पक्राउ


11.3K
Shares

गोरखामा दिउँसै पार्किङ गरिराखेको मोटरसाइकल जलाउने युवक पक्राउ

गोरखा ११, भदौं । गोरखा सदरमुकाम स्थित पश्चिमकाली दिउँसै पार्किङ गरिराखेको मोटरसाईक जलाउने एक युवकलाई प्रहरीेले पक्राउ गरेको छ । गोरखा नगरपालिकाको वडा नम्बर ५ को पश्चिमकालीमा लु २६ प ८७९८ नं को होण्डा कम्पनीको हर्नेट मोटरसाईकल जलाएको आरोपमा गोरखा नगरपालिका वडा नम्बर ९ डिम्रेस्वाँरा घर भएका १९ बर्षका अमृत कमरलाई पक्राउ गरिएको डिएपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

उनि भाग्दै गरेको अबस्था पक्राउ परेको प्रहरीको भनाई छ । जिल्ला गोरखा नगरपालिका वडा न. ५ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको छोरा सन्देश पाण्डेले स्थानिय शक्ती मा।वि। मा कोरानाको भ्याक्सिन लगाई घर फर्कने क्रममा पश्चिमकाली मन्दिर परिसरमा निजले चलाई ल्याएको मोटरसाईकल एक्कासी आगजानी गरिएको यिो ।

भएको जानकारी पाई प्रहरीलाई तत्काल खबर गराएकोमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट उक्त घटनाको अनुसन्धानको लागि प्रहरी अधिकृतको टोली खटिई गएकोमा अनुसन्धानको क्रममा उक्त पार्किङ गरी राखेको मोटरसाईकलमा आगजनी गरेको आरोपमा जिल्ला गोरखा नगरपालिका वडा नं ९ डिम्रेस्वाँरा बस्ने  बर्ष १९ को अमृत कमरको संलग्नता रहेको देखिएकोले निजलाई सोही स्थान सोधपुछको क्रममा उनले उक्त अपराध गरेको स्वीकार समेत गरेको प्रहरीको भनाई छ ।

कामरलाई अहिले हिरासतमा राखेर कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology