गोरखा १०, भदौ । गोरखामा पार्किङ गरि राखिएको मोटरसाइकल जलाइएको छ । सदरमुकाम स्थित गोरखा नगरपालिका-५, काे पश्चिमकाली मन्दिर घुम्न गएका एक युवकले पार्किङ्गमा राखेकाे माेटरसाइकलमा जलाइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट माेटरसाइकल पूर्ण रुपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय गोरखा डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । आगलागीबाट कति नम्बरको मोटरसाइकल जलेको हो भन्ने बारेमा खुल्न बाकी रहेको उहाँको भनाइ छ ।
घटनामा संलग्न भएकाे आशकामा एक ब्यक्तीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।